जनकल्याण बचत तथा ऋण सहकारिको आयोजनामा भोर्लेटारमा शिबिर सम्पन्न

बैशाख २२ लमजुङ जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेड बेसीशहरको आयोजनामा इशानेश्वर माध्यामिक विद्यालय भोर्लेटारमा शनिबार शिविर सञ्चालन सम्पन्न भएको हो । 

सहकारीको स्थापना दिवसको अवसर पारेर सञ्चालन गरिएको शिविरमा ७ सय ८० जनाले आँखा सम्वन्धि सेवा लिएका छन् । ३ सय ८३ जनाले दन्त सेवा लिएको आयोजक जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडका प्रवन्धक झमप्रसाद गुरुङले बताउनुभयो । 

उहाँका अनुसार दाँतको मात्र सेवा लिने विरामीको संख्या २ सय २३ रहेको छ । आँखा सम्वन्धि मात्रै सेवा लिने सेवाग्राहीको संख्या ६ सय २३ जना रहेको छ । १ सय ५० जना विरामीले आँखा र दाँत सम्वन्धी सेवा लिएको उहाँले बताउनुभयो । शिविरमा ४५ जनाको दाँत उखेलीएको ३ जनाको दाँत भरिएको उहाँले बताउनुभयो । आँखा सम्वन्धि सेवा लिएका मध्य ४५ जनाको मोतियाविन्दुको शल्यक्रिया गर्नुपर्ने देखिएको छ । 

४५ जना मध्य २५ जनाको तत्कालै शल्याक्रिया गर्नुपर्ने देखिएको छ । शल्यक्रिया गर्नुपर्ने विरामीलाई हिमालय आँखा अस्पतालले निशुल्क शल्यक्रिया सेवा उपलब्ध गराउने छ । हिमालय आँखा हस्पताल पोखरा, जिल्ला आँखा उपचार केन्द्र लमजुङ र एविसी डेण्टल होम बेसीशहरको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको हो । शिविरमा ३ सय वढिलाई निशुल्क चस्मा वितरण गरिएको छ । शिविरमा सामान्य दाँत तथा आँखा परिक्षण, निशुल्क, चस्मा तथा औषधि वितरण, परामर्श सेवा र दाँत झिक्ने सेवा प्रदान गरिएको जनकल्याण वचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष ताराराज घलेले बताउनुभयो । 

शिविरमा हिमालय आँखा अस्पताल पोखराका नेत्र विशेषज्ञ डा. अनुप सुवेदी सहित ६ जनाको टिम, जिल्ला आँखा उपचार केन्द्रका प्राविधिक समिता गुरुङ, एबीसी डेण्टल होम बेसीशहरका डा.सोफिया शर्मा र डा. सुप्रिया कुँवरलगायतको टिमले सेवा प्रदान गरेको हो । सहकारीले स्थापना दिवसको अवसरमा प्रत्येक वर्ष सामाजिक काम गर्दै आएको छ । सामाजिक कार्य अन्तर्गत शनिबार भोर्लेटारमा शिविर सञ्चालन गरिएको हो । 

शिविर उद्घाटन कार्यक्रममा बोल्दै मध्यनेपाल नगरपालिका ६ भोर्लेटारका वडा अध्यक्ष विष्णुभक्त पौडेलले भोर्लेटारलाई छनौट गरेर शिविर सञ्चालन गरेकोप्रति आयोजकलाई धन्यवाद ज्ञापन गर्नुभयो । विशेषज्ञ सहितको टोलीले सेवा दिँदा मध्यनेपाल नगरपालिका ६ भोर्लेटार सहित छिमेकी गाउँका नागरिकले समेत सेवा लिएको उहाँले बताउनुभयो । शिविरमा सहकारीका अध्यक्ष ताराराज घले, उपाध्यक्ष ठाकुरप्रसाद गुरुङ, सल्लाहाकार समिति संयोजक क्या.मिलबहादुर गुरुङ, सल्लाहाकार सुवे.  फमबहादुर गुरुङ, प्रवन्धक झमप्रसाद गुरुङसहित सञ्चालक समितिका पदाधिकारी, सदस्य एवं कर्मचारीहरुको उपस्थिति थियो

Spread the love by sharing this post