सूर्योदय वोमी लघुवित्त कुस्मिसेरा शाखाबाट बिमा रकम हस्तान्तरण,

जेष्ठ १३,कुस्मिसेरा, बाग्लुङ — सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड, कुस्मिसेरा शाखाले आफ्ना सदस्यहरूप्रति देखाएको सामाजिक उत्तरदायित्व अन्तर्गत बीमा रकम हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ।

समूह नं २९ की सदस्य, जैमिनी नगरपालिका–९, बागलुङ निवासी तुलसी दमिनीको श्रीमान् पारेश्वर दमाई वैदेशिक रोजगारीको क्रममा कतारमा असमायिक निधन भएको दुःखद घटनापछि, संस्थाले सदस्यको कर्जासँग सम्बन्धित बीमा अन्तर्गत प्राप्त ७५ प्रतिशत दाबी रकम, अर्थात् रु १,५०,००० ९एक लाख पचास हजार रुपैयाँ० को ग्लोबल आइएमई बैंकको चेक नं। ००८२२०१७१५ औपचारिक रूपमा हस्तान्तरण गरेको हो।

कार्यक्रम शाखा प्रमुख देबेन्द्र लम्सालको संयोजनमा, समूहका सदस्यहरू र शाखाका कर्मचारीहरूको उपस्थितिमा सम्पन्न भएको थियो।

कार्यक्रममा शाखाका कर्मचारी अमृत पौडेलले आफ्नो धारणा प्रस्तुत गर्दै बीमा योजनाको महत्त्व र यस्ता योजनाबाट संकटमा पर्ने सदस्य परिवारले प्राप्त गर्ने लाभबारे प्रकाश पार्नुभएको थियो। उहाँले “बीमा गरे सुबिधा प्रधान हुन्छ” भन्ने सन्देशमा जोड दिनुभयो।

कार्यक्रममा शाखा प्रमुख देबेन्द्र लम्सालले गहकिला शब्दमा संस्थाको प्रतिबद्धता स्पष्ट पार्दै भन्नुभयोस्

“हामी केवल ऋण दिने संस्था होइनौं, हामी समाजसँग जोडिएको संस्था हौं। यस्ता कठिन घडीमा हामी सधैं सदस्यको साथमा छौं। बीमा योजनामा सहभागी भएपछि यस्तो विपद् आउँदा सदस्य परिवारलाई आर्थिक राहत मिल्छ, यो कार्यक्रम त्यसकै प्रमाण हो।”

उहाँले थप भन्नुभयोस्

“सदस्यहरू हाम्रो परिवार हुन्। सदस्यहरूको पीडामा मलमपट्टी लगाउन पाउनु हाम्रो कर्तव्य मात्र होइन, हाम्रो मानवीय जिम्मेवारी पनि हो। हामी सधैं सदस्यको हितका लागि तत्पर रहनेछौं।”

उहाँले भविष्यमा पनि सबै सदस्यहरूले बीमाको सुविधा अनिवार्य रूपमा लिनु आवश्यक रहेको, संस्थाले अझ प्रभावकारी र शीघ्र राहत प्रदान गर्ने व्यवस्था गर्न लागिपरेको, र सबै शाखा तथा कर्मचारीहरूलाई पनि यस्तै मानवीय सेवामा क्रियाशील रहन प्रेरित गरिने स्पष्ट पार्नुभयो।

समूहका अन्य सदस्यहरूले संस्थाले समयमै देखाएको तत्परता, मानवियता र संवेदनशीलताको खुलेर प्रशंसा गरेकाछन

सूर्योदय वोमी लघुवित्तले यस कार्यमार्फत केवल आर्थिक कारोबारमा सीमित नरही, संकटको बेला साँचो साथीसँगै सहारा बन्ने सामाजिक उत्तरदायित्व पनि निर्बाह गरिरहेको छ।

“बीमा गरे सुबिधा प्रधान हुन्छ” भन्ने चेतना फैलाउने यस कार्यक्रमले प्रमाणित गरेको छ कि संस्था सधैं आफ्ना सदस्यको हित र सुरक्षाका लागि कठिबद्ध छ।

Spread the love by sharing this post