७४ बर्षिय खड्क बहादुर कक्षा ४ को फाइनल परिक्षा दिदै

इलाम सलकपुरका खड्गबहादुर विक ७४ वर्षका भए र स्कुल गएको २ वर्ष भयो । ७२ बर्ष देखि विद्यालय गएका खड्गबहादुर अहिले ७४ बर्ष पुग्दा कक्षा ४ को फाइनल परिक्षा लेख्दैछन। उनी अहिले घरमा एक्लै छन् र डेढ किलोमीटर हिँडेर स्कूल पुग्छन्। आम्दानीको स्रोत सरकारले दिने सामाजिक सुरक्षा भत्ता मात्र छ । ‘घरमा एक्लै बस्दा मानसिक बिरामी पो भइन्छ कि जस्तो भयो,’ उनी भन्छन्, ‘त्यही भएर मन भुलाउन स्कुल भर्ना भएँ ।’

Pic. Tikaram Bastola/birtamodejhapa . Com

RONB

Spread the love by sharing this post