सूर्योदय वोमी लघुवित्त कोत्रेले पनि झोल साबुन बनाउने तालिम सम्पन्न ।

तनहुँ – सूर्योदय वोमी लघुबित्त वित्तीय सस्था लि शाखा कार्यालय कोत्रे तनहुनले १ दिने बित्तिय साक्षरता तथा व्यावसायिक झोल साबुन बनाउने तालिम सम्पन्न भएको छ ।

लघुवित्त वित्तीय संस्थाले समुहमा आवद्ध समुह सदस्यहरुको क्षमता अभिवृद्धिका लागि १ दिने व्यावसायिक झोल साबुन बनाउने सम्बन्धि तालिम सम्पन्न गरेको हो ।

स्वरोजगार सृर्जना गर्ने उद्देश्यका साथ शाखा कार्यालय कोत्रे मा आवद्ध १०६ जना सदस्यहरुमा सञ्चालित कार्यक्रममा प्रशिक्षक निरु सुनारले तालिमलाई सहजीकरण गर्नु भएको थियो ।

कार्यक्रमलाई सन्चालन सम्बन्धित शाखाका कर्मचारी  माधुरी बजगाईले गर्नु भएको थियो । कार्यक्रम को अध्यक्षता सस्था आबद्द सदस्य शोभा बि क ले गर्नु भएको थियो , प्रमुख अतिथी शुक्ला गण्डकी  वडा नं २का वडा अध्यक्ष श्री सुमन राना मगरले गर्नु भएको थियो भने अतिथिमा अस्थायी प्रहरि कार्यालय कोत्रेका इन्चार्ज नारायण भण्डारी , सुर्योदय वोमी लघुबित्त स्टेशन कार्यालय लामाचौर का अधिकृत मेख बहादुर आले र शाखा कार्यालय कोत्रे का शाखा प्रमुख चित्र कुमारी थापा  लगायत त्यँहा कार्यरत कर्मचारीहरुले व्यवस्थापन गर्नु भएको थियो।

कार्यक्रम को स्वागत मन्तव्य शाखाको शाखा प्रमुख चित्र कुमारी थापालेगर्नु भएको थियो र शुभकामना मन्तव्य , कार्यक्रम को औचित्य तथा बित्तिय साक्षरता सम्बन्धि कुराहरु अनुगमन अधिकृत मेख बहादुर आलेले राख्नु भएको थियो शुभकामना मन्तब्य तथा प्रमुख अतिथी सुमन राना मगरले तालिम ले आफ्नो क्षेत्रमा रहेका सदस्य हरुले यो तालिम बाट सिप सिकेर पछि ब्यबसायिक रुपले झोल साबुन बनाउने गर्नु हुनेछ भन्दै सस्थाले यस्तो कार्यक्रम आफ्नो गाउगाउमा पुगि ठुलो सहगोग पुगेको जानकरि गराउनु भएको छ र आगामी दिनहरुमा फेरि यस्ता कार्यक्रम सस्थाले गर्नेछ भन्ने कुरामा पनि उहाले अपेक्षा गर्नु भएको छ ।

साथै तालिम लिइ सकेपछि अनुभब मन्तब्य कार्यक्रम मा चन्द्रमाया सुनार र रेनु भण्डारी ले बोल्दै तालिम अत्यन्तै प्रभाबकारि रहेको साथै धेरै कुरा हरु सिक्ने अबसर मिलेको र अब आफ्नो ब्यसायमा पनि सिकेको सिपको सदुपयोग गर्ने प्रतिबद्द्ता समेत जनाउदै यो तालिम कार्यक्रम आयोजना गर्नुहुने सस्थाले धन्यवाद दिदै आगामि दिनहरुमा पनि पुन अन्य तालिम ल्याउनुहोला भन्दै कार्यक्रम समापन गर्नु भएको थियो ।

Spread the love by sharing this post