सदस्यको आयमूलक उद्देश्य अनुसारको कर्जा, बचत, बीमा,अन्य सेवा सुविधा समेत प्रदान गरी स्वरोजगार बृद्धिमा सहयोग पुऱ्याउनुको साथै विपन्न वर्गको तथा पिछडिएको वर्गको आर्थिक तथा सामाजिक जीवनस्तरमा सुधार गरी जनजीविका र आवास व्यवस्थातर्फ सघाउ गर्न मूल मर्म सहित स्थापित संस्था हो, लघुवित्त ।
यसका मूलभुत सिद्धान्तहरुमा
Crux of the Micro Credit:
समुह जमानीको माध्यमद्वारा सामुहिक जमानीमा साना साना कर्जा प्रदान गर्ने ।
ग्रामीण भेगका विपन्न तथा पिछडिएको समुदायमाझ घरदैलोमा सेवा पुऱ्याउने ।
वैठकका दिन साना-साना वचत संकलन गर्ने ।
कर्जा लगानी किस्ता बन्दीको सेवा प्रदान गर्ने ।
विपन्न तथा पिछडिएको वर्गको तथा अन्य बाणिज्य बैंकहरूबाट कर्जा सुविधाबाट बञ्चित लक्षित वर्गलाई सेवा प्रदान गर्ने ।
कर्जा लगानी गर्दा छोटो अवधिको कर्जा सेवा प्रदान गर्ने ।
ग्राहक अनुकुल दैनिक, पाक्षिक वा मासीक किस्ता किस्ताको व्यावस्था ।
ग्रामिण तथा विपन्नवर्गमा सहज सरल प्रकृयाद्धारा विना धितो साना-साना मात्रा आर्थिक उपार्जन गर्ने जस्तै ः कृषि उपज उत्पादन, पशुपालन, व्यापार, पसल सञ्चालना गर्न आदि प्रदान गरिने माध्यय लघुवित्त हो ।
लघुवित्त (Microfinance) – लघुलाई अङ्ग्रेजीमा Micro र वित्तलाई Finance भनिन्छ । लघुको अर्थ मानिसद्वारा सञ्चालन गरिने सानो, सुक्ष्म सेवा तथा व्यवसायलाई बुझिन्छ। यो वस्तु तथा सेवाहरूको विनियमसँग सम्बन्धित हुन्छ। वित्तको अर्थ धन प्राप्त गर्नु अर्थात संकलन कोषलाई उत्पादनशिल क्षेत्रमा सदुपयोग अर्थात प्रयोग गर्नु हो। लघु लघुवित्त शब्द लघु र वित्त दुई शब्दको समासबाट बनेको हो। नेपाली बृहत शब्दकोश प्रणा अनुसार लघु भनेको थोरै श्रमसाधनले पनि स्थापित तथा सञ्चालित गर्न सकिने उद्योग लघु सानो खाले व्यवसाय भनिएको छ भने वित्तलाई धनमाल, जायजेथा, सम्पत्ति, अर्थ, ऐश्वर्य छ। भनी परिभाषित गरिएको छ। लघुवित्त भनेको थोरै श्रमसाधनले पनि स्थापित तथा प्रभा सञ्चालित गर्न सकिने उद्योग तथा व्यवसाय गर्न प्रयोग हुने रकम हो भन्ने बुझ्न सकिन्छ। इमा सामान्यतया लघुवित्त आर्थिक तथा सामाजिक रूपमा पछि परेका वर्गको लागि प्रदान ल गरिने वित्तीय सेवा हो । लघुवित्तसम्बन्धि अवधारणा अनुसार प्रतिदिन १ अमेरिकी डलर भन्दा कम आय हुने। राष्ट्र योजना आयोगका अनुसार सरदर ४४०५ रूपैया भन्दा कम बार्षिक आय भएका व्यक्ति/वर्गलाई गरिब तथा विपन्न भनेको छ। त्यस्ता न्यून आयस्तर भएका विपन्न अथवा गरिब वर्गको लागि स-सानो रूपमा विनाधितो सामुहिक जमानीमा हुने वित्तीय कारोवारलाई लघुवित्त भन्न सकिन्छ। अर्थात लघुवित्त भन्नाले सामुहिक जमानीमा विना धितो कुनै उद्देश्यका लागि संस्थागत रूपमा विपन्न परिवारलाई प्रवाहित हुने कर्जा हो । (Majhi, 2079, ‘Microfinance Compendium’)
लघुवित्त सम्बन्धमा बुझ्नको लागि यसको ऐतिहासिक पृष्ठभूमि जान्न बुक्ष्नु नै पर्ने भएकोले संक्षीप्तमा यस सम्बन्धमा सविस्तार लेख्न प्रयास स्वरुप कलम चलाएको छु ।
विश्व परिवेशको परिप्रेक्ष्यमा अध्यायन गर्दा :
परापूर्व कालदेखि अनौपचारिक रुपमा शुरु भएको लघुवित्त सेवा हाल आएर संसार भरि नै महत्वपूर्ण माध्यमको रुपमा विकास हुँदै आएको छ ।
अल्पविकसित तथा विकासोन्मुख मुलुकहरुमा भने हाल आएर बैंकिङ्ग प्रणालीले समेट्न नसकेका ग्रामीण तथा दुर्गम क्षेत्रहरुमा गरिवी न्यूनीकरण गर्ने महत्वपूर्ण उपायको रुपमा यस प्रणालीलाई प्रयोग गर्ने प्रचलन बढ्दै गईरहेको छ ।
इतिहास हेर्ने हो भने विश्वमा लघुवित्त सेवाको प्रयोग हुन थालेको पाँच शताव्दी भन्दा बढी भईसकेको छ ।
१५ औं शताव्दीमा को स्थापना गरी स–साना कर्जा वितरण गरी यसको शुरुवात गरेका थिए Franciscan Monk हरुले pawn Shops भन्ने भनाई रहेको पाईन्छ (Lidgerwood, 1998) .
१८ औ.र १९ औं शताव्दीमा युरोपमा भएको European Credit Union Movement, दक्षिण अफ्रिकामा “Susus”, घानामा “Chit Funds”, भारतमा “Tandas”, मेक्सीको मा “Arisan”, ईण्डोनेसियामा “Cheetu श्रीलंकामा “Tontines”, जस्ता बचत संकलन र ऋण प्रदान गर्ने समूहहरु सञ्चालनमा आउन थाले पश्चात् लघुवित्त कारोवारले मूर्त रुप लिन थालेको हो । (Lidgerwood, 1998) .
सन १९७६ मा संस्थागत रुपमा बंगलादेशमा (प्रा. मोहम्मद युनुसले शुरु गरेका) ग्रामीण बैंकिङ्ग पद्धतिको अवधारणा हाल संसार भर प्रचलित छ ।
नेपालको सन्दर्भमा अध्यायन गर्दा :
नेपालको वित्तीय क्षेत्रको विकास करिब एक शताब्दी लामो इतिहास रहेको छ। नेपालमा संस्थागत रूपमा कर्जा व्यवस्थापन वि.सं. १९९४ सालमा नेपाल बैंक लिमिटेडको स्थापना भयो। त्यसपछि वि.सं. २०१३ सालमा केन्द्रीय बैंकको रूपमा नेपाल राष्ट्र बैंकको स्थापना भयो। वि.सं. २०१६ सालमा नेपाल औद्योगिक विकास निगम, वि.सं. २०२० सालमा सरकारी पहलमा केही सहकारी संस्थाहरूको स्थापना भयो। ती संस्थाहरूमार्फत कर्जा लगानी गर्ने उद्देश्यले वि.सं. २०२० सालमा सहकारी बैंकको स्थापना भयो। वि.सं. २०२२ सालमा पूर्ण सरकारी स्वामित्वमा राष्ट्रिय वाणिज्य बैंकको स्थापना तथा लगानीको सिमित क्षेत्र र सहकारी संस्थाहरूको कमजोर व्यवस्थापन तथा कार्यशैलीको कारण वि.सं. २०२४ सालमा कृषि विकास बैंकको स्थापनापछि नेपालमा बैंकिङ क्षेत्रको विकास क्रम बढेर गएको पाईन्छ। यसै क्रममा कृषि विकास बैंकको स्थापना भई सहकारी बैंकलाई समेत त्यहीं गाभियो। त्यसैले सहकारी संस्थाहरूलाई लगानी गर्ने व्यवस्था पनि मिलाईयो। वि.सं. २०२३ सालमा स्थापना भएको भूमिसुधार बचत संस्थालाई पनि वि.सं. २०३० मालमा कृषि विकास बैंकमै गाभियो। यसै क्रममा नेपाल राष्ट्र बैंक ऐन, २०१२ खारेज गरी आएको नेपाल राष्ट्र बैंक ऐन २०५८ ले बैंकिङ क्षेत्रको इतिहासमा औपचारिक रूपमा उलो फड़को मारेर नयाँ आयाम ल्याएको छ । प्रजातन्त्र पुनर्स्थापना (२०४६ साल) पछि निजी क्षेत्रले पनि बैंक संचालन गर्न थालेसँगै बैंकिङ क्षेत्रको विकास अघि बढेको हो। वि.सं. २०३२ सालमा नेपालमा साना किसान विकास कार्यक्रमको स्थापना गरियो। यसको सञ्चालन गर्ने जिम्मेवारी पनि कृषि विकास बैंकलाई नै सुम्पियो। कृषि विकास बैंकको इतिहासलाई हेर्ने हो भन्ने यसले ४०-५० को दशक यता साना किसानहरूलाई सङ्गठित गर्ने, सचेतना गराउने आय आर्जन कार्यक्रम गराउने र लघुवित्त सेवा प्रदान गर्ने जस्तो उल्लेखनीय अग्रनी भूमिका खेलेको पाईन्छ । (Majhi, 2079, ‘Microfinance Compendium’)
जनस्तरमा (Global Money week) ग्लोबल मनी विक वित्तीय शिक्षा कार्यक्रम सन्दर्भमा :
विश्वको कुनै पनि भू-भाग वा क्षेत्र गरिबीबाट मुक्त छैन। हरेक देशको समृद्धि अर्थतन्त्रसँग जोडिएको हुन्छ र हरेक नागरिकको उन्नत भविष्य पनि अर्थतन्त्रसँगै जोडिएको हुन्छ। समग्र अर्थतन्त्र मूलतः पैसाको माध्यमबाट सूचारू भाएको हुन्छ । पैसालाई परिचालन गर्न सक्नेहरू थोरै पैसाले धनि धेरै काम गर्न सक्षम भएका फाईनान्स त नेपालमा अहिले पनि विभिन्न ग्रामीण क्षेत्रमा पैसालाई सिरानीमुनी, सन्दुकमा, बाक खुत्रुकेमा वा कुनै दराजमा राख्ने प्रचलन छ । सुन र चाँदी मानिसले घरमै थन्का अवस्था छ । हामीसँग भएको पूँजी परिचालन गर्न नसक्दा विकासका काममा आवस्यक लघुवित्त क पर्ने पूँजी सञ्चय हुन सकेको छैन । घरमा राखेको पैसा सुरक्षित हुन सक्दैन र घरभित्र पैसाले अरू पैसा आर्जन गर्न पनि सक्दैन । त्यसका अतिरिक्त आज ग्रामीण तथा शहरी भागमा खास गरेर पिछडिएका र बैंक तथा वित्तीय संस्थाहरू नपुगेका स्थानहरु भएका लघुवित्त संस्थहरूले जे जति लघुवितरका छन् त्यसको भरपुर प्रयोग गर्न प्रयोगकर्ताहरूले नसकेको अवस्था छ। बिमाको महत्व र आवश्यकता बरे आम नागरिकलाई जानकारी गराउन नसक्दा सम्पतिको सुरक्षा हुन सकेको छैन। तथापी लघुवित्त वित्तीय संस्थाहरूको स्थापना भएका क्षेत्रहरूमा पनि लक्षित वर्गहरूको पहुँच नहुँदा बैंक तथा वित्तीय संस्थाहरूमा खाता खोलिएका छैनन् । खोलिएका खाताहरू पनि निष्क्रिय छन् र ऋण लिने काम व्यक्तिबाट भइरहेको अवस्था छ । यी सबै कुराहरूलाई बैंकिङ च्यानलमा ल्याएर बैंकसँग कारोबार गर्ने, बैंकमा पैसा जमा गर्ने, बैंकबाटै ऋण लिएर उद्यमशिलता हासिल गर्ने लगायतका कामहरू आवश्यक छन। हरेक नागरिकले बैंक तथा वित्तीय संस्था जान्नुपर्ने हुन्छ। बैंक तथा वित्तीय संस्थाको नजान्दा कर्जा लिन नपाएको अवस्था र उद्यमी बनेर रहर हुँदा हुँदै पनि विदेश पलायन हुनुपरेको अवस्था एकातिर छ भने अर्कातिर विदेशमा जानेहरूले आधिकारिक रेमिट्यान्स माध्यमबाट पैसा नपठाई हुण्डीबाट पैसा पठाउँदा पैसा हराउने र राज्यमाथि ठगी गर्ने कार्यहरू पनि भएका छन्। यसरी यी र यस्ता कामहरू नहोस् भन्नका लागि बैंकिङ पहुँच हुन जरूरी छ। आम नागरिकलाई बैंकिङ पहुँच बढाउनका लागि नेपाल राष्ट्र बैंकले ‘बैंकसँगको नाता हरेक नेपालीको बैंक खाता’ अभियान ल्याएको छ। पैसा बचत गर्नुपर्न बैंकबाट कारोबार गर्नुपर्छ, बैंकबाटै कर्जा लिएर उद्यमी बन्नु पर्दछ। बैंकहरू पैसाको आधिकारिक कारोबार गर्ने निकाय हुन् भन्ने कुरा बुझ्ने र बुझाउने कार्य सबै तिरबाट हुन जरूरी छ। तथापी पछिल्लो समयमा नेपाल राष्ट्र बैंकले ल्याएको वित्तीय साक्षरता नीति । यसै नीतिलाई अवलम्वन गर्दै सन २०१२ बाट ग्लोबल मनी विक प्रत्येक वर्ष मार्च महिनामा एक साता भरि वित्तीय सचेतना कार्यक्रम गर्दै मनाउँदै आईरहेकोमा यस वर्ष चैत्र ५ गते देखि चैत्र ११ गते सम्म व्यापक प्रसार प्रसार गरि वित्तीय शिक्षा कार्यक्रम सञ्चालन भइ सम्पन्न समेत भएकोमा हामी सबैमा सर्वविदैत नै छ । (Majhi, 2079, ‘Microfinance Compendium’)