आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानविरुद्धको खेलमा नेपालले चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको छ। टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले सबै विकेट गुमाएर सम्मानजनक योगफल तयार पारेको हो।

नेपालको इनिङ्समा ओपनर आसिफ शेख र युवा ब्याटर अर्जुन कुमालको प्रदर्शन निकै उत्कृष्ट रह्यो। आसिफ शेखले विष्फोटक ब्याटिङ गर्दै टोलीका लागि सर्वाधिक योगदान दिए भने अर्जुन कुमालले उनलाई दरिलो साथ दिए। यी दुई ब्याटरबीचको सानदार साझेदारीले नै नेपाललाई बलियो अवस्थामा पुर्याएको हो। आसिफ आफ्नो व्यक्तिगत शतक बनाउनबाट थोरैले चुके पनि उनको इनिङ्स टोलीका लागि निर्णायक सावित भयो।

त्यस्तै, अर्जुन कुमालले पनि परिपक्व ब्याटिङ गर्दै महत्वपूर्ण रन जोडे। अनुभवी आसिफ र युवा अर्जुनको यो साझेदारीले खेलको लय निर्धारण गरेको थियो। अब ओमानले केही बेरमा जवाफी ब्याटिङ सुरु गर्नेछ।