माननीय उपप्रधानमन्त्री एवम् गृह मन्त्री रवि लामिछानेज्यूको प्रमुख आतिथ्यमा धनुषा, जनकपुरधाममा प्रदेशस्तरीय सुरक्षा गोष्ठी २०८० शुरू भएको छ ।
नेपाल सरकार, गृह मन्त्रालय र मधेश प्रदेशको गृह, सञ्चार तथा कानून मन्त्रालयको संयुक्त आयोजनामा सञ्चालित उक्त गोष्ठीमा मधेश प्रदेशका माननीय मुख्यमन्त्री, गृह, सञ्चार तथा कानून मन्त्रालयका माननीय मन्त्रीज्यू, श्रीमान् गृह सचिव एकनारायण अर्यालज्यू, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरूका साथै मधेश प्रदेशका सुरक्षा निकाय प्रमुखहरुको समुपस्थिति रहेको छ ।