दुर्गा भवानीको मुर्ति मन्दिर देखि २०० मिटर उत्तर दिशाको जंगलमा फेला

स्याङजा जिल्ला भिरकोट नगरपालिका वडा नं ५ स्थित स्वरेक मैदान नजिक रहेको राजेन्द्र भवानि (भवानिथुम) मन्दिरमा रहेको दुर्गा भवानीको मुर्ति मन्दिर देखि २०० मिटर उत्तर दिशाको जंगलमा फेला परेको छ।

गए राती उक्त मुर्ति चोरीको प्रयास भएको हुन सक्ने आशंका गरिएको छ । नियमित पूजाको लागि पुजारी श्री पूर्ण प्रसाद पङ्गेनी बिहान ७:३० बजे मन्दिरमा पुग्दा मन्दिरको गेटको ताल्चा फोरिएको मन्दिरभित्रको दुर्गा भवानीको मूर्ति र शंख समेत उक्त स्थानमा नभएको देखि स्थानियलाई खबर गरी स्थानिय र प्रहरीको सकृयतामा खोजतलास गर्दै जाँदा उक्त मुर्ति मन्दिर देखि अं. २०० मिटर तल जंगमा वेवारिसे अवस्थापा फेला परेको छ ।

परापुर्व कालदेखि स्याङजा, पाल्पा, पर्बत, कास्कि, तँनहु लगायत आसपासका क्षेत्रको आस्थाको केन्द्र उक्त मन्दिर करिब १५/२० वर्ष अगाडी जिर्णोद्दार भएको थियो।

उक्त मन्दिरबाट मुर्ति चोरी भएको घटनाको बारेमा अनुसन्धान भैरहेको छ ।यस्तो आस्थामाथी आघात पुग्ने संवेदनशील घटनालाई गम्भिर रुपमा लिइ शुक्ष्म रुपमा अनुसन्धान गरी दोशि माथि कानूनि कारबाहीको लागी जिल्ला प्रहरी कार्यालय स्याङजा र वडा प्रहरी कार्यलय वालिङ स्याङजाला गम्भिर रुपमा हेरी दिनहुन अनुरोध गर्दछु । जय भवानी।

(समाचार स्रोत: श्री इन्द्र प्रसाद न्यौपाने)

Spread the love by sharing this post