संचार मन्त्री एवं नेपाल सरकारका प्रवक्त पृथ्वी गुरूङः
काठमाडौं, –नेपाल सरकारका प्रवक्ता तथा संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी गुरुङले शिक्षामन्त्रीले राजीनामा दिएकोबारे सरकारलाई कुनै जानकारी नभएको स्पष्ट पारेका छन्।
आज पत्रकारहरूसँग कुरा गर्दै मन्त्री गुरुङले भने, “शिक्षामन्त्रीले राजीनामा दिएको भन्ने कुरा सरकारको औपचारिक जानकारीमा छैन। प्रधानमन्त्रीलाई दिएको भन्ने भनिएको छ तर प्रधानमन्त्रीलाई पनि त्योबारे जानकारी छैन।”
उहाँले थपे, “शिक्षामन्त्री बिरामी हुनुहुन्छ, त्यसैले क्वाटरमा पनि किन बसिरहने भन्ने सोचेर होला, उहाँले क्वाटर छाड्नुभएको हो।”
हालसम्म शिक्षामन्त्रीको तर्फबाट पनि राजीनामाको औपचारिक पुष्टि भएको छैन भने सरकारपक्षबाट पनि यथार्थ जानकारी आउन बाँकी रहेको बताइएको छ।