क्रिकेटर सन्दीप लामिछाने विरूद्धको मुद्दा हेर्दाहेर्दैमा

क्रिकेटर सन्दीप लामिछाने विरूद्धको नाबालिग बलात्कार सम्बन्धी मुद्दा हेर्दाहेर्दैमा राखिएको छ। मंगलबार उच्च अदालत पाटनका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले मुद्दा हेर्दाहेर्दैमा राखेको जाहेरवालाको वकिल लेखनाथ पाण्डे बताए। ‘आज पीडितका तर्फबाट २ जना सरकारी वकिल र निजीबाट २ वकिलले बहस गरे,’ उनले भने,‘पीडितका तर्फबाट ५/६ जना वकिलले बहस गर्न बाँकी छ।’ बहसका लागि पेशी चढेको मुद्दा माथिको बहस नसकिएपछि सन्दीप विरूद्धको मुद्दा हेर्दाहेर्दैमा राखिएको अदालतका प्रवक्ता तीर्थराज भट्टराइले जानकारी दिए।

Spread the love by sharing this post