चुनाव घोषणा प्रतिगमन थिएन, ओलीविरुद्ध प्रचण्ड–माधव बोक्नु कांग्रेसको महा भूल थियो डा. चन्द्र भण्डारी

नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं सांसद चन्द्र भण्डारीले केपी ओलीले गरेको निर्वाचनमा जान नसकेर काँग्रेसले ठूलो गल्ती गरेको बताएका छन् ।

ओलीको त्यो निर्णय प्रतिगमन नभएको उनको भनाइ थियो । त्यो बेला चुनाव भएको भए देशमा दुई ठूला पार्टी काँग्रेस र एमालेमात्रै शक्तिमा रहने भण्डारीले दाबी गरे ।
आइतबार बुटवलमा प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा उनले काँग्रेसले हिजो पनि गल्ती गरेको र अहिलेसम्म त्यसलाई नसच्याएको बताए ।

‘अहिले सरकार बनाउन धेरै दलको साथ खोज्नुपरेको छ, त्यो बेला चुनावमा गएको भए धेरै समस्या हुने थिएन, साना दलको अवस्था अहिलेको ठाउँमा रहने थिएन’, भण्डारीले भने ।

उनले थपे, ‘निर्वाचनमा जानु प्रतिगमन थिएन, त्यतिबेला चुनावमा गएको भए काँग्रेस र एमाले मात्र हुन्थे, ‘प्रचण्ड’ र माधव नेपालको पछि लागेर प्रतिगमन भन्दै हिँड्नु गलत थियो ।

Spread the love by sharing this post