समाजवादी निकट युवाहरूको सङ्गठन युवा सङ्घ नेपाल कास्कीको ११ औँ जिल्ला अधिवेशन सम्पन्न ।

नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी निकट युवाहरूको सङ्गठन युवा सङ्घ नेपाल कास्कीको ११ औँ जिल्ला अधिवेशन उत्साहपूर्ण ढङ्गले सम्पन्न भयो । अधिवेशनमा युवाहरूको चाख लाग्दो उपस्थिति सिङ्गो पार्टी र सङ्गठनका लागि गौरव गर्न लायक रह्यो ।

राजनीतिक चेतले भरिएको युवा शक्तिको उपयुक्त परिचालनले मात्र नयाँ राजनीतिक पुस्ताको जग निर्माण गर्न सकिन्छ भन्ने कुरामा कुनै दुविद्धा रहेन । आन्दोलनका अग्र मोर्चामा रहेर चेतनाको बिगुल फुक्ने युवाहरूको जोस र जाँगरलाई राज्य निर्माणका अभियानहरूमा जोड्न सक्नु पर्दछ ।

युवाहरूको काँधमा टेकेर राजनीतिको फोहोरी खेल खेलिरहन उद्धत सङ्कुचित सोच र कुत्सित मनोभावना भएका एकाध भ्रष्ट नेताहरूका कारण नेपालको कम्युनिस्ट आन्दोलन कमजोर हुन पुगेको छ । कम्युनिस्टको ढोङ पिट्नेहरूले नेतृत्व गरेका पार्टीमा समेत मौलाइ रहेको देवत्वकरण, एकात्मकता, निरङ्कुशता र व्यक्तिवाद नेपाली कम्युनिस्ट आन्दोलनको सबैभन्दा ठुलो सङ्कटको रूपमा देखा परेको छ ।

तसर्थ, युवा सङ्घ नेपालले जनताका मुद्धाहरुमा होली खेल्नेहरूको हालीमुहाली र युवाहरूको पसिना बेचेर देश चलाउँछु भनी दुस्साहस गर्नेहरूलाई तह लगाउन सक्नुपर्छ । जनपक्षिय काम र जनपक्षिय सेवामा परिचालित हुँदै राष्ट्रलाई अग्रगामी दिशामा अगाडी बढाउन योगदान गर्नु पर्दछ ।

Spread the love by sharing this post