गण्डकीका नबनियुक्त मुख्यमन्त्री ले लिए शपथ

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले शपथ लिएका छन्।

अधिकारीलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले आइतबार मुख्यमन्त्री पदमा नियुक्त गरेका थिए।

अधिकारीलाई आइतबार अपराह्न प्रदेश प्रमुख भट्टले शपथ गराएका हुन्।

गण्डकी सरकारमा नेकपा (माओवादी केन्द्र) बाट संसदीय दल नेता हरिबहादुर चुमान र नेकपा (एकीकृत समाजवादी) त्यागेको घोषणा गरेका राजीव गुरूङ (दीपक मनाङ्गे) पनि बिनाविभागीय मन्त्री नियुक्त भएका छन्। 

Spread the love by sharing this post