शैक्षिक गन्तब्य बन्दै जापान

म्याग्दि- पछिल्लो समय उच्च शिक्षा अध्ययनसँगै रोजगारीको अवसर पाइने भएकाले पूर्वी एशियाली मुलुक जापान नेपाली विद्यार्थीका लागि आकर्षक शैक्षिक गन्तव्य बन्दै गएको छ

। नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट दैनिक करीब २ हजार नेपाली युवा विदेश जाने गरेका छन्, जसमा रोजगारीका लागि जापान जाने बहुसङ्ख्यक भए पनि उच्च शिक्षा अध्ययनका लागि जानेहरू पनि धेरै छन् । उच्च शिक्षाका लागि जापान जानेहरूको सङ्ख्या अहिले बढिरहेको छ जस अन्तरगत म्याग्दि जिल्लाको बेनि नगर पालिका मा रहेको SHINJU LANGUAGE INSTITUTE PVT.LTD ले उच्च शिक्षा अध्ययन को लागि बधाइ तथा बिदाइ लामा होट्ल एण्ड रेष्टुरेण्ट मा एक कार्यक्रम गरि सम्पन्न गरेको छ ।

sagarmatha cement

जापानमा अध्ययन गर्नेहरूका लागि छात्रवृत्ति पाउनु पनि ठूलो अवसर हो, जसले गर्दा वार्षिक रूपमा तिर्ने अध्ययनको खर्च र होष्टल खर्च जोगिन्छ । यसका लागि जापान गएको १ वर्षपछि मात्र आवेदन दिन पाइन्छ । आफूले अध्ययन गरेको विद्यालय वा कलेजबाट आवेदन दिएको विद्यार्थीको अध्ययनप्रतिको लगाव र वार्षिक मूल्याङ्कनका आधारमा उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति दिने गरिन्छ ।

यसबाहेक जापानी राजदूतावासले पनि केही सीमित विषयमा छात्रवृत्तिका लागि आवेदन खोल्ने गर्छ, जसमा छनोट हुन सके जापान गई अध्ययन गर्न छात्रवृत्ति पाउन सकिन्छ ।

नेपालमा जुन कुनै विषयको अध्ययन गरेर गएको भए पनि जापानमा आफूलाई मन लागेको विषयमा अध्ययन गर्न पाउने प्रावधान छ । जापानमा गएका नेपालीहरूले पढ्ने मुख्य विषयहरूमा होटल म्यानेजमेण्ट, आईटी एवम् विभिन्न प्राविधिक विषय छन् । यसबाहेक आफूलाई पढ्न मन लागेका अन्य विषय छानेर पढ्न पाउने व्यवस्था पनि छ ।

Spread the love by sharing this post