मिस ब्युटी अफ चितवन सिजन ३ को उपाधि कृष्टिना सिग्देलले जितेकी छन्

भरतपुर । मिस ब्युटी अफ चितवन सिजन ३ को उपाधि कृष्टिना सिग्देलले जितेकी छन् । टप वान मिडियाले आयोजना गरेको प्रतियोगितामा अन्य प्रतिस्पर्धिहरुलाई पछि पार्दै कृष्टिना विजेता बनेकी हुन् । 

 
यससँगै उनले मिस कन्फिडेन्सको टाइटल पनि जितेकी छन् । प्रतियोगिताको फस्ट रनरअप बिनिता शर्मा बन्दा आर्या सापकोटा सेकेन्ड रनरअप हुन सफल भईन् । 

अन्य टाइटलहरुमा इच्छा थापा अर्गनाईजर च्वाइस र मिस इन्टरलेक्चुवल, सिवानी परियार मिस ट्यालेन्ट, निकिता धिताल मिस पपुलर, रिया लामा बेस्ट फिगर, श्वेता शर्मा मिस फ्रेन्ड्ली, पूजा पौडेल बेस्ट आई, आर्या सापकोटा भिवर च्वाइस र बिनिता शर्मा मिस फोटोजेनिक हुन सफल भए । 

बिजेताले म्युजिक भिडियोमा अभिनय गर्ने अवसरहरु प्राप्त गर्ने टप वान मिडियाका प्रबन्ध निर्देशक रवि सापकोटाले जानकारी दिए । कार्यक्रमको निर्णायकमा मिस नेपाल फाइनलिस्ट तथा मिस ग्लोबल इन्टरनेशनल आयुष्मा श्रेष्ठ, मिस्टर नेपालका रनरअप ड्क्टर विजय दवाडी र पत्रकार एवम नारयणी पब्लिक कलेजकी निर्देशक अनिता खनाल रहेका थिए।

Spread the love by sharing this post