बिरुवा, स्याङ्जा किचनास कल्याणकारि समाज भरतपुर, चितवन र बिरुवा गाउ पालिका स्याङ्जाको आयोजनामा पेट तथा कलेजो रोग बिशेषज्ञ प्रा. डा. युवराज शर्मा वाग्ले ज्यूको नेतृत्वमा यही मिती २०८० चैत ३० गते देखी २०८१ साल बैशाख १ गते सम्म बिरुवा गाउपालिका वडा न १ नब ज्योती माबि को प्राङ्गण मा स्वास्थ्य शिविर हुने भएको छ
प्रा. डा. युवराज शर्मा वाग्लेको नेतृत्वमा अन्य धेरै डाक्टरहरुको उपस्थित रहने जस्तै स्त्री तथा प्रसुती रोग बिशेषज्ञ डा. राजलक्ष्मी शर्मा वाग्ले , बालरोग बिशेषज्ञ डा. राजन पौडेल , मृगौला रोग बिशेषज्ञ अमृत केशी, पेट तथा छाती रोग बिशेषज्ञ राजेन्द्र पौडेल, हाड जोर्नी तथा नशा रोग बिशेषज्ञ डा. नेत्र कार्की , छाला तथा यौन रोग बिशेषज्ञ डा. रमेश शर्मा वाग्ले, दन्त रोग बिशेषज्ञ डा. सन्दिपा काफ्ले शर्मा वाग्ले , मष्तिस्क रोग बिशेषज्ञ डा. जिवेश्वरी वाग्ले, एम. वि. वि. एम बिशेषज्ञ डा. अभिजित रेग्मी, पद्म नर्सिङ होम प्रा. लि. नदिपुर पोखरा र दृष्टी आंखा अस्पताल नयां बजार पोखरा बाट आंखा सम्बन्धि उपचार साथै सनसाइन हेल्थ कियर सेन्टर प्रा. लि. पृथ्वी चोक पोखरावाट ल्याब सम्बन्धि सम्पुर्ण सहयोग आखा सम्बन्धि रोगको उपचार भने मिती २०८१ साल बैशाख १ गते शनिबार हुने जानकारी पनि गराइएको छ ।