आर्थिक वर्ष २०८१/८२ प्रस्तुत बजेट हाइलाइट

सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि १८ खर्ब ६० अर्ब रूपैयाँको बजेट प्रस्तुत गरेको छ।

अर्थमन्त्री वर्षमान पुनले मंगलबार संघीय संसदको संयुक्त बैठकमा यो बजेट प्रस्तुत गरेका हुन्। 

१. आर्थिक वृद्धि ६ प्रतिशत, मूल्य वृद्धि ५.५ प्रतिशत प्रक्षेपण

२. सामाजिक सुरक्षा भत्ताका लागि एक खर्ब १६ अर्ब बजेट

३. आलु, प्याज र स्याउमा लागेको अभिवृद्धि कर खारेज 

४. मदिरा र चुरोटमा बढ्यो कर

५. औषधि प्रयोजनका लागि गाँजाको व्यावसायिक उत्पादन थालिने

६. कृषि बीमाका लागि एक अर्ब ६५ करोड अनुदान, गाई र भैंसीको नस्ल सुधारका लागि ३८ करोड

७. निजगढदेखि ढल्केबरसम्मको क्षेत्र नेपाली गलैंचा करिडोरका रूपमा विकास गरिने

८. सेनाको बंकरदेखि ब्यारेकसम्म कार्यक्रमलाई साढे एक अर्ब बजेट

९. बुढीगण्डकी, दूधकोशी लगायत यी जलाशययुक्त आयोजना निर्माण सुरू गरिने

१०. सुरूङमार्ग, इन्टरसेक्सन र फ्लाइओभर निर्माणका लागि पाँच अर्ब ६३ करोड

११. नारायणी र तिनाउ नदीमा ‘सिग्नेचर ब्रिज’ बनाउन दुई अर्ब ४६ करोड बजेट

१२. निश्चितभन्दा बढी पुँजी भएका कम्पनीलाई अनिवार्य सेयर जारी गर्न लगाइने 

१३. सार्वजनिक‍-निजी साझेदारीमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाइने

१४. मध्यपहाडी पुष्पलाल लोकमार्गका लागि तीन अर्ब ६८ करोड बजेट

१५. आगामी वर्ष थप ९ सय मेगावाट बिजुली उत्पादन गरिने

१६. काठमाडौं तराई मधेस द्रुत मार्गका लागि २२ अर्ब ५४ करोड, पूर्व-पश्चिम राजमार्ग विस्तारका लागि २९ अर्ब ८८ करोड

१७. मूलपानी क्रिकेट रंगशाला र विराटनगरको कोइराला रंगशाला अब राष्ट्रिय गौरवका आयोजना

१८. प्रत्येक प्रदेशमा एक हजार युवालाई सीपमूलक तालिम दिन ४३ करोड

१९. वैदेशिक रोजगारीमा जानु अगाडि दिइने अभिमुखीकरण तालिम नि:शुल्क बनाइने

२०. प्रधानमन्त्री रोजगार कार्यक्रमलाई ६ अर्ब बजेट, दुई लाखलाई १०० दिनको रोजगारी

२१. दिवा खाजाका लागि सातै प्रदेशमा ‘मेगा किचन’ स्थापना गरिने

२२. चिया कफी, अलैंची र हिमालयन वाटर ब्रान्डिङ गरिने 

२३. नेपाललाई विवाह गन्तव्य बनाइने, जनकपुर ‘वेडिङ हब’

Spread the love by sharing this post