सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड भरतपुर स्टेशन अन्तर्गतको अर्धवार्षिक समिक्षा तथा अन्तरक्रिया गोष्ठी सम्पन्न

सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड भरतपुर स्टेशन अन्तर्गतको अर्धवार्षिक समिक्षा तथा अन्तरक्रिया गोष्ठी मिति २०८०।११।२९ गते मंगलबार चितवन जिल्लाको नारायणगढ स्थित होटल जमघटमा सम्पन्न भएको छ । संस्थाको भरतपुर स्टेशन अन्तर्गत चितवन र नवलपरासी जिल्लाका ९ वटा शाखा कार्यालयका शाखा प्रमुखहरुको सहभागितामा कार्यक्रम गोष्ठी सम्पन्न भएको हो ।

संस्थाले विभिन्न १७ वटा स्टेशन कार्यालयहरुको अर्धवार्षिक समिक्षा तथा अन्तरक्रिया गोष्ठी समेत सम्पन्न गरेकोे छ । भरतपुर स्टेशनका अनुगमन अधिकृत श्री दामोदर पौडेलले कार्यक्रमको सहजिकरण गर्नुभएको थियो, भने कार्यक्रममा संस्थाको नायव प्रमुख कार्यकारी अधिकृत प्रमेश आचार्य, जोखिम व्यवस्थापन तथा असुलि विभागका प्रमुख घनश्याम भट्टराई, आन्तरिक लेखापरिक्ष०ा विभागका प्रमूख रामनाथ भूसाल, जोखिम व्यवस्थापन विभागमा कार्यरत भरत काफ्ले र बलराम कालाखेती लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको उद्३ा६न संस्थाको नायव प्रमुख कार्यकारी अधिकृत प्रमेश आचार्यले गर्नुभएको थियो । कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै संस्थाका नायव प्रमुख कार्यकारी अधिकृत श्री प्रमेश आचार्यले सदस्यहरुको जिवनस्तर उकास्नको लागि विभिन्न उत्पादनमुखि तालिम, वित्तीय साक्षरता लगायत सदस्यमैत्री तालिमहरु सञ्चालन गर्न शाखा प्रमुखहरुलाई सुझाव दिनुभएको थियो । कर्पोरेट कार्यालय महालक्ष्मी–०४, ललितपुरमा रहेको वित्तीय संस्थाले विगत १२ वर्षदेखि हाल राष्ट्रियस्तर कार्यक्षेत्र बनाई ५५ जिल्लामा १९२ वटा शाखा कार्यालयको माध्यमबाट करिब १ लाख ६५ हजार सदस्यहरुलाई निरन्तर विपन्न वर्गको उत्थानमा कार्य गर्दे आएको छ भनि संस्थाको जोखिम व्यवस्थापन तथा असुलि विभागमा कार्यरत भरत काफ्लेले जानकारी दिएका थिए 

Spread the love by sharing this post