केजरीवाल पक्राउ

दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवाल पक्राउ परेका छन् ।  आम आदमी पार्टीका नेता तथा दिल्ली सरकारका मन्त्री आतिशीका अनुसार केजरीवाललाई प्रवर्तन निर्देशालयको टोलीले पक्राउ गरेको हो।

केजरीवाललाई निर्देशनालयको टोलीले बिहीबार साँझ ९ बजे दिल्लीस्थित उनकै घरबाट पक्राउ गरेको हो । साँझ ७ बजेर १० मिनेटमा केजरीवालको घरमा पुगेको निर्देशनालयको टोली उनीसँग २ घण्टा सोधपुछ गरेको थियो । उनलाई रक्सी नीति मुद्दामा पक्राउ गरिएको बताइएको छ ।  

Spread the love by sharing this post