सूर्योदय वोमी लघुवित्त – Global Money Week-2024 १२औं श्रृङ्खला 

देबेन्द्र लम्साल पोखरा

ग्लोबल मनी विकको सन्दर्भमा सूर्योदय वोमी लघुबित्तले  कार्यक्रम सम्पन्न गरेको छ । 

बालबालिका तथा युवा लक्षित वित्तीय सचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ Organization of Economic Cooperation and Development (OECD) को संयोजकत्वमा सन् २०१२ देखि हरेक वर्ष Global Money Week-GMW विश्वभर मनाउने गरिएको छ ।

यो विश्वव्यापी वित्तीय चेतनामूलक अभियान हालसम्म १७६ मुलुकका ६ करोडभन्दा बढी बालबालिका र युवामाझ पुगिसकेको छ । यसै सन्दर्भमा नेपाल राष्ट्र बैंकले बालबालिका तथा युवाहरुमा वित्तीय ज्ञान, सीप र मनोवृत्तिको विकास गर्ने उद्देश्य लिएर सन् २०२४ मार्च १८ देखि २४ (२०८० चैत ५ देखि ११) सम्म “Protect Your Money, Secure Your Future” भन्ने नाराका साथ Global Money Week-2024 १२औं श्रृङ्खला मनाउन लागेको हो ।

२०८० चैत ९ गते प्रकाशित

Spread the love by sharing this post