कास्की,जेष्ठ ०७
सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड लामाचौर स्टेशन अन्तर्गतको बार्षिक समीक्षा तथा बजेट तर्जूमा अन्तरक्रिया गोष्ठी मिति २०८१।०२।०७ गते सोमबार कास्की जिल्लाको पोखारा स्थित होटल दिप सागर मा सम्पन्न भएको छ ।

संस्थाको लामाचौर स्टेशन अन्तर्गत लमजुङ,तनंहु,कास्की,पर्वत,म्याग्दी ,बाग्लुङ र मुस्ताङ जिल्लाका १० वटा शाखा कार्यालयका शाखा प्रमुखहरुको सहभागितामा कार्यक्रम गोष्ठी सम्पन्न भएको हो । संस्थाले विभिन्न १७ वटा स्टेशन कार्यालयहरुको वार्षिक समिक्षा तथा बजेट तर्जुमा अन्तरक्रिया गोष्ठी समेत सम्पन्न गरेको छ । लामाचौर स्टेशनका अनुगमन अधिकृत श्री मेख बहादुर आलेले कार्यक्रमको सहजिकरण गर्नुभएको थियो, भने कार्यक्रममा संस्थाको सन्चालक अनन्त कुमार श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत मोक्ष प्रसाद पंगेनी , जोखिम व्यवस्थापन तथा असुलि विभागका प्रमुख घनश्याम भट्टराई, सामान्य सेवा विभागका प्रमूख सुर्य प्रसाद पौडेल, जोखिम व्यवस्थापन विभागमा कार्यरत बिकास आचार्य लगायतको सहभागिता रहेको थियो

कार्यक्रमको उद्घाटन संस्थाको सन्चालक अनन्त कुमार श्रेष्ठले गर्नुभएको थियो । कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै संस्थाका प्रमुख कार्यकारी अधिकृत श्री मोक्ष प्रसाद पंगेनीले सदस्यहरुको जिवनस्तर उकास्नको लागि विभिन्न उत्पादनमुखि तालिम, वित्तीय साक्षरता लगायत सदस्यमैत्री तालिमहरु सञ्चालन गर्न शाखा प्रमुखहरुलाई सुझाव दिनुभएको थियो ।
कर्पोरेट कार्यालय महालक्ष्मी–०४, ललितपुरमा रहेको वित्तीय संस्थाले विगत १२ वर्षदेखि हाल राष्ट्रियस्तर कार्यक्षेत्र बनाई ५५ जिल्लामा १९२ वटा शाखा कार्यालयको माध्यमबाट करिब १ लाख ८१ हजार सदस्यहरुलाई निरन्तर विपन्न वर्गको उत्थानमा कार्य गर्दे आएको छ भनि संस्थाको अनुगमन अधिकृत मेख बहादुर आलेले जानकारी दिनुभएको थियो ।