सत्तारुढ नेकपा एकीकृत समाजवादीको भात्री संगठन युवा संघ नेपालको कास्की जिल्ला समिति विभाजित भएको छ। युवा संघ नेपाल कास्कीको ११ औं जिल्ला अधिबेशनले किशोर तिमिल्सिनाको अध्यक्षतमा ७५ सदस्यीय नयाँ कार्य समिति घोषणा गरेको भोलिपल्ट मिलन जंग कुँवरको अध्यक्षतामा अर्को समानान्तर समिति बनाए पछी युवा संघ नेपालको कास्की जिल्ला समिति विभाजित भएको स्पस्ट भएको हो ।
युवा संघ नेपाल कास्कीको सोमबार सम्पन्न अधिबेशनले किशोर तिमिल्सिनाको अध्यक्षतमा ७५ सदस्यीय नयाँ कार्य समिति घोषणा गरेर सपथ ग्रहण समेत गरेका थिए। उक्त समितिमा विश्वनाथ सुबेदी उपाध्यक्ष, साजन तामाङ सचिव, सन्दिप सुनार र नारायण परियार सहसचिव र बिष्णु पौडेल कोशाध्यक्ष रहेका छन्।
सोही अधिबेशनले रुपा गाउपालिका संयोजकमा बिजय सुबेदी, माछापुच्छ्रे गाउपालिका संयोजकमा बिष्णु पौडेल, अन्नपूर्ण गाउपालिका संयोजक मन प्रसाद सुनार र मादी गाउपलिका संयोजकमा अनिल अधिकारीलाई चयन गरेको युवा संघ नेपालका केन्द्रीय सचिवालय सदस्य कपिल पौडेलले जानकारी दिए।
यसैबीच प्राप्त अर्को एक जानकारी अनुसार मिलन जंग कुँवरले आफ्नो संयोजकत्वमा ७५ सदस्यीय युवा संघ नेपाल कास्की जिल्ला कमिटि बनेको घोषणा गरेको प्राप्त जानकारीमा उल्लेख छ।
कुँवरले पनि ११ औं जिल्ला अधिबेशनले आफ्नो अध्यक्षतामा युवा संघ नेपाल, कास्कीको नयाँ नेतृत्व चयन गरेको दाबी गरेका छन्।
८१ सदस्यीय कमिटीको उपाध्यक्षमा दिनेश बराल र कबिन नेपाली, सचिवमा साजन तामाङ, सहसचिवमा रितेश सापकोटा, जगन गिरी र सुस्मिता क्षेत्री तथा कोषाध्यक्षमा विश्वनाथ सुवेदीलाई सर्वसम्मत चयन गरेको हो ।