काठमाडौँ विश्वकै प्रदुषित सहरको
दोस्रो सूचीमा परेको छ ।
आइतबार साँझ ५ बजेको रेकर्डअनुसार नेपाल
थाइल्याण्डको चियाङ माइपछिको सूचीमा परेको
हो । नेपाल प्रदुषण स्तर १८३ एक्युआई यूएस
रहेको छ । तेस्रो स्थानमा कोलकाता, चौथो स्थानमा
बंगलादेशको ढाका, पाँचौँ स्थानमा भियतनामको
हानोइ रहेको छ ।
केही दिनयता काठमाडौँ उपत्यकासहित नेपालको वायुमण्डल तुवाँलोले भरिएको छ । यसको खास कारण छिमेकी मुलुक भारतको उत्तरप्रदेशका विभिन्न स्थानका
जंगलमा लागेको वन डढेलो र वर्षा नभएका कारण
वायुमण्डलमा धुलाका कणहरु जम्मा भएको मौसम
पूर्वानुमान महाशाखाले जनाएको छ ।