जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड भोर्लेटार शाखाले लमजुङ लिल्ला क्व्होलासोथार गाउ पालिका वडा नं ७ चरागांउको बनस्थलि माध्यमिक बिध्यालय का बिद्यार्थी भाइ बैनी हरुलाइ केन्द्रीत गरि ग्लोबल मनि विकका अवसरमा कार्यक्रम को सम्पन्न गरेको छ ।
संस्थाले चैत ८ गते सञ्चालन भएको ग्लोबल मनि विकमा विविध कार्यक्रम आयोजना गरेको हो ।
संस्थाले वित्तीय साक्षरता अन्तर्गत केन्द्रीय कार्यालय लगायत बिभिन्न शाखा कार्यालयहरुले युवा लक्षित वित्तीय साक्षरता सम्बन्धी विशेष कार्यक्रमहरु सञ्चालन गर्नुका साथै प्लेकार्ड, ब्यानर आदीको प्रयोग गरी र्यालीसमेत आयोजना गरेको थियो । संस्थामा आवद्ध रहेका सदस्य, समुदायएवम् स्कुल कलेजमा अध्ययनरत छात्र–छात्रामा वित्तीय साक्षरता अभिवृद्धि गराउन ले तय गरेका विषयवस्तु तथा नाराहरुमा आधारित रहेर सम्पन्न गरिएको उक्त कार्यक्रमबाट हजारौ जना लाभान्वित भएको भोर्लेटार शाखा का शाखा प्रमुख राजन घिमिरेले जनाएका छन।