मेयर आचार्यलाई मातृशोक

पोखरा महानगरका मेयर धनराज आचार्यलाई मातृशोक परेको छ।
उनका आमा जमुनादेवी आचार्यको उपचारका क्रममा ७२ वर्षको उमेरमा मंगलबार निधन भएको हो।
श्वासप्रश्वास सम्बन्धी समस्या देखिएपछि जमुनादेवीलाई उपचार गर्न पोखराकै चरक मेमोरियल अस्पताल भर्ना गरिएको थियो। अस्पतालमा उपचारका क्रममा मंगलबार चिकित्सकले मृत घोषणा गरेको मेयर आचार्यको सचिवालयले जनाएको छ।

Spread the love by sharing this post