सूर्योदय वोमी लघुवित्त टक्सारले बिमा दावी रकम भुक्तानी

जेष्ठ २५लमजुङ,
सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको शाखा कार्यालय टक्सार, लमजुङले बिमा दावी रकम भुक्तानी गरेको छ । लमजुङ जिल्ला मध्यनेपाल न.पा. वडा नं.२ गुम्बा टोलमा रहेको केन्द्र नं. २ कि सदस्य कृष्ण कुमारी गुरुङलाई उनको श्रीमान् नेत्र बहादुर गुरुङको मृत्यू पछि बिमाको क्षतिपुर्ति रकम भुक्तानी गरेको हो ।

कृष्ण कुमारी गुरुङले उक्त संस्थाबाट ५ लाख रुपैयाँ कर्जा लिएकी थिइन् । उनको श्रीमानको मृत्यू पश्चात संस्थाको नियमानुसार कर्जाको साँवा र ब्याज मिनाहा गरि कर्जा बिमा अन्तर्गत श्रीमानको मृत्यू पश्चात दिइने एकमुष्ट भुक्तानी गरिएको कुरा संस्थाका शाखा प्रबन्धक निरु सुनारले बताइन ।

संस्थाले आफना ग्राहक सदस्यहरुको हित तथा संरक्षण गर्न र ग्राहक सदस्यहरुलाई आपतकालिन अवस्थामा सहयोग पुर्याउने उदेश्य अनुरुप आवश्यकता अनुसार बिभिन्न कार्यक्रम तथा सहयोग रकम प्रदान गर्दै आइरहेको छ । दुःखको समयमा संस्थाले सहयोग स्वरुप रकम उपल्वध गराईदिएको भन्दै केन्द्रका सम्पुर्ण सदस्यहरुले संस्थालाई धन्यवाद दिएका छन ।

उक्त रकम प्रदान कार्यक्रममा मध्यनेपाल न.पा. वडा नं.२ का वडा अध्यक्ष पदम बहादुर थापा, सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लि. अनुगमन स्टेशन कार्यालयका अनुगमन अधिकृत मेख बहादुर आले,शाखाको तर्फबाट शाखा प्रबन्धक निरु सुनार तथा हरीमाया मानन्धर,मगंलमाया गुरुङ र केन्द्रका सदस्यहरुको उपस्थिति पनि रहेको थियो ।

Spread the love by sharing this post