करापुटार युवा क्लबको आयोजनामा छैटौ करापुटार सेभेन ए साइड फुटबल प्रतियोगिता हुने भएको छ ।मध्यनेपाल नगरपालिका ०७ रामबजार करापुटार खेल मैदानमा हुने सेभेन ए साईड फुटबल प्रतियोगिताको उद्घाटन चैत ०७ गतेदेखि हुने आयोजकले जनाएको छ ।
प्रतियोगितामा विजेता तथा उपविजेताले क्रमशः १ लाख २५हजार र ७५ हजार रुपैंयाँ नगद पुरस्कारसहित शिल्ड , ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् साथै छेलो तर्फ बिजेता , उपबिजेतालाइ क्रमश ७हजार र ५ हजार पुरस्कार मेडल प्रमाण पत्र प्रदान गर्ने र रसि तान्ने तर्फ बिजेता तथा उपबिजेता लाइ पुरुष तर्फ क्रमस ३ हजार ५ सय र २ हजार ५ सय छ भने महिला तर्फ क्रमस २ हजार र १ हजार रहेको आयोजकले जनाएको छ ।