एनएमबि लघुबित्तको ७ करोड ४९ लाख ५३ हजार रुपैयाँ नोक्सान

एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार लघुवित्तका अधिकांश वित्तीय सूचांकहरुमा गिरावट देखिएको छ ।

चालु आवको तेस्रो त्रैमाससम्मका लघुवित्तले ७ करोड ४९ लाख ५३ हजार रुपैयाँ नोक्सान व्यहोरेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले १ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा खुद ब्याज आम्दानी र सञ्चालन आम्दानी घटेकोले कम्पनीले खुद नोक्सान व्यहोर्न परेको हो । कम्पनीले व्यवस्थापकीय खर्च र ऋणीहरुसँग लगानी उठाउन नसक्दा घाटा व्यहोर्नु परेको कम्पनीले स्रोतले जनाएको छ ।

Spread the love by sharing this post