सूर्योदय वोमी लघुबित्त कुश्मिसेराले  पनि च्याउ खेती  तालिम सम्पन्न ।

बैशाख २२ बाग्लुङ, सूर्योदय वोमी लघुबित्त वित्तीय सस्था लि शाखा कार्यालय कुश्मिसेराले बाग्लुङ जिल्लाको जैमिनी नगरपालिका वडा नं १० स्थित रुम्टामा १ दिने बित्तिय साक्षरता तथा व्यावसायिक च्याउखेति तालिम सम्पन्न भएको छ ।

लघुवित्त वित्तीय संस्थाले समुहमा आवद्ध समुह सदस्यहरुको क्षमता अभिवृद्धिका लागि १ दिने व्यावसायिक च्याउ खेती  सम्बन्धि तालिम सम्पन्न गरेको हो ।

स्वरोजगार सृर्जना गर्ने उद्देश्यका साथ शाखा कार्यालय कुश्मिसेरा मा आवद्ध ७५ जना सदस्यहरुमा सञ्चालित कार्यक्रममा प्रशिक्षक अर्जुन अधिकारिले तालिमलाई सहजीकरण गर्नु भएको थियो ।

तालिममा व्यावसायिक च्याउ खेतिको परिचय, महत्व, बजार, रोग नियन्त्रण  लगायतका विषयहरुमा प्रशिक्षण गरिएको थियो ।

कार्यक्रमलाई सन्चालन सम्बन्धित शाखाका शाखा कर्मचारी अमृत पौडेलले गर्नु भएको थियो । कार्यक्रम को अध्यक्षता सस्था आबद्द सदस्य सरस्वती थापाले गर्नु भएको थियो , प्रमुख अतिथी जैमिनि नगर पालिका वडा न १० का वडा सदस्य श्री सीता नेपालिले गर्नु भएको थियो भने अतिथिमा सुर्योदय वोमी लघुबित्त स्टेशन कार्यालय लामाचौर का अधिकृत मेख बहादुर आले र शाखा कार्यालय कुस्मिसेरा का शाखा प्रमुख स्याम प्रसाद श्रेष्ठ  लगायत त्यँहा कार्यरत कर्मचारीहरुले व्यवस्थापन गर्नु भएको थियो।

कार्यक्रम को स्वागत मन्तव्य शाखाको शाखा प्रमुख श्याम प्रसाद श्रेष्ठले गर्नु भएको थियो र शुभकामना मन्तव्य , कार्यक्रम को औचित्य तथा बित्तिय साक्षरता सम्बन्धि कुराहरु अनुगमन अधिकृत मेख बहादुर आलेले राख्नु भएको थियो ।भने प्रमुख अतिथी सीता नेपाली ले तालिम ले आफ्नो क्षेत्रमा रहेका सदस्य हरुले यो तालिम बाट सिप सिकेर पछि ब्यबसायिक रुपले च्याउ खेती गर्नु हुनेछ भन्दै सस्थाले यस्तो कार्यक्रम आफ्नो गाउगाउमा पुगि ठुलो सहगोग पुगेको जानकरि गराउनु भएको छ र आगामी दिनहरुमा फेरि यस्ता कार्यक्रम सस्थाले गर्नेछ भन्ने कुरामा पनि उहाले अपेक्षा गर्नु भएको छ

साथै कार्यक्रम मा सरस्वती थापा ले बोल्दै तालिम अत्यन्तै प्रभाबकारि रहेको साथै धेरै कुरा हरु सिक्ने अबसर मिलेको र अब आफ्नो ब्यसायमा पनि सिकेको सिपको सदुपयोग गर्ने प्रतिबद्द्ता समेत जनाउदै यो तालिम कार्यक्रम आयोजना गर्नुहुने सस्थाले धन्यवाद दिदै आगामि दिनहरुमा पनि पुन अन्य तालिम ल्याउनुहोला भन्दै कार्यक्रम समापन गर्नु भएको थियो ।

Spread the love by sharing this post