नेपालले वेस्ट इन्डिज ‘ए’ लाई ६ विकेटले हरायो ।

अन्तिम खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’ लाई ६ विकेटले हराएको छ । वेस्ट इन्डिजले प्रस्तुत गरेको १ सय ७३ रनको लक्ष्य नेपालले १८.५ओभरमा ४ विकेटको क्षतिमा पछ्यायो ।

नेपालका लागि आसिफ शेख र अनिल साहले अर्धशतकीय इनिङ्स खेले । शेखले ३५ बलमा २ चौका र ५ छक्का हिर्काउँदै ५१ रन बनाए । साहले ४५ बलमा ४ चौका र ४ छक्काको मद्दतले ५८ रन बनाए ।

Spread the love by sharing this post