काठमाडौंको बलम्बुस्थित सशस्त्र प्रहरी को गोदाममा भीषण आगलागी भएको छ । आगलागीबाट बलम्बुमा रहेको स्टोरमा आगलागी हुँदा बन्दोबस्तीका सामान जलेका छन् ।
एपीएफ अस्पतालसँगै रहेको उक्त स्टोरमा सशस्त्रका लत्ताकपडा लगायत आवश्यक बन्दोबस्तीका सामान राखिएका थिए ।
आगलागीको कारण र क्षति विवरण आइनसकेको छैन ।

आगो नियन्त्रणको लागि विभिन्न ठाउँबाट दमकल गइरहेको छ । विद्युत् सर्ट भएर आगो लागेको जनाइएको छ ।