मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पदबाट राजीनामा दिने तयारी

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पदबाट राजीनामा दिने भएका छन्।

प्रदेश प्रमुख डिल्लीराज भट्टलाई भेटेर मुख्यमन्त्री पाण्डेले राजीनामा बुझाउने तयारी गरेका छन्।

मुख्यमन्त्री पाण्डेले बुधबार मध्याह्न राजीनामा दिने भएका हुन्।

मुख्यमन्त्री पाण्डेले राजीनामा दिनुअघि मन्त्रिपरिषद बैठक गरेका थिए। उक्त बैठकपछि ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री सरस्वती अर्याल तिवारीले मुख्यमन्त्री पाण्डेले राजीनामा दिन लागेको पत्रकारहरूलाई जानकारी गराएकी थिइन्।

‘मुख्यमन्त्रीज्यूले आज बिहान ११ बजे राजीनामा दिनु हुन्छ,’ उनले भनिन्।

नेकपा (माओवादी केन्द्र) ले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि पाण्डे नेतृत्वको सरकार अल्पमतमा थियो। बहुमतका लागि गण्डकीमा ३१ जना सांसदको साथ चाहिन्छ। मुख्यमन्त्री पाण्डेले बिहीबारभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने थियो। तर बहुमत आउने नदेखेपछि पाण्डेले पदबाट राजीनामा दिन लागेका हुन्।

Laxmi bank

मुख्यमन्त्री पाण्डे नेपाली कांग्रेस संसदीय दल नेता हुन्। गण्डकीमा कांग्रेस ठूलो दल हो। यहाँ कांग्रेसका २७ सांसद छन्। 

नेकपा (एमाले) का २२ र माओवादी केन्द्रका सभामुखसहित ८ सांसद छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई र नेकपा (एकीकृत समाजवादी) का एक सांसद छन्।

Ncell

राप्रपाले आफूहरू सत्ताकेन्द्रित राजनीतिमा अहिले नरहेको बताइरहेकोले एमाले-माओवादी गठबन्धनले सरकार गठनका लागि बहुमत पुर्‍याउन नसक्ने आकलन कांग्रेसको छ। 

नयाँ गठबन्धनले सरकार बनाउन नसके ठूलो दलको हैसियतमा पुन: मुख्यमन्त्री दाबी गर्ने तयारी पाण्डेको छ।

Spread the love by sharing this post