सूर्योदय वोमी बट्टारले १ दिने झोल साबुन तथा फिनेल बनाउने तालिम सम्पन्न

राष्ट्रिय स्तर कार्यक्षेत्र भएको सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लि.को शाखा कार्यालय बट्टारले समूहमा आबद्ध सदस्य महिलाका लागि झोल साबुन तथा फिनेल बनाउने सम्बन्धी तालिम दिएको छ । उक्त संस्थाले आफ्नो कार्यक्षेत्रमा पर्ने समूहका सदस्यहरु उद्यमी बनाउने उद्देश्यले एक दिने तालिम दिएको हो ।

संस्थाबाट ऋण लिएका महिललाई उद्यमी बनाएर आयआर्जन गर्नका लागि तालिम प्रदान गरिएको अनुगमन अधिकृत पोखेलले बताउनुभएको छ

पछिल्लो समय ऋण लिएर सही सदुपयोग नगर्दा धेरै महिलाहरु समस्यामा परेका बेला उद्यमशिलता विकासका लागि तालिम मार्फत सीप प्रदान गर्न संस्थाले पहल गरेको अनुगमन अधिकृत स्याम पोखेलले बताउनु भयो ।

यसैबीच तालिमका सहभागि सदस्यहरुले बोल्दै सीप सिकेपछि लिएको कर्जा मार्फत आय आर्जन गर्न सहयोग पुग्ने र सस्थाले अझ बढी यस्ता तालिमहरु आयोजना गरेको खण्डमा सत प्रतीशत ऋणि हरुको आर्थिक स्तर माथी उठ्ने बताउनु भएको छ ।

Spread the love by sharing this post