फल्गुन २५-सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो १४औं वार्षिक उत्सव भव्य रूपमा विभिन्न सामाजिक तथा संस्थागत कार्यक्रमसहित सम्पन्न गरेको छ। राष्ट्रिय स्तरको वित्तीय संस्था का रूपमा सफलतापूर्वक अगाडि बढिरहेको यस संस्थाको केन्द्रीय कार्यालय बनेपामा तथा कर्पोरेट कार्यालय महालक्ष्मी-४, इमाडोल, ललितपुर मा रहेको छ। विगत १४ वर्षको निरन्तर सेवामार्फत वित्तीय पहुँच विस्तार गर्दै आएको यस संस्थाले यस वर्षको वार्षिक उत्सवलाई सामाजिक उत्तरदायित्वसँग जोडेर विभिन्न कार्यक्रमहरू आयोजना गर्यो।
विविध कार्यक्रमसहित सफल वार्षिक उत्सव

वार्षिक उत्सवको अवसरमा संस्थाले आफ्ना कर्मचारी, ग्राहक तथा समुदायलाई प्रत्यक्ष लाभ पुर्याउने विविध कार्यक्रम आयोजना गरेको छ। संस्थाले फुटसल प्रतियोगिता आयोजना गरी कर्मचारीहरूबीच आपसी सहयोग र आत्मीय सम्बन्धलाई सुदृढ गर्ने उद्देश्य राख्यो। साथै, विद्यालयमा विद्यार्थीहरूका लागि झोला वितरण गर्दै शिक्षा क्षेत्रमा योगदान गर्ने आफ्नो प्रतिबद्धता व्यक्त गर्यो।
संस्थामा १० वर्षे सेवा अवधि पूरा गरेका कर्मचारीहरूलाई सम्मानपत्रसहित दोसल्ला प्रदान गरी उनीहरूको योगदानको उच्च मूल्यांकन गरिएको छ। यो सम्मानले कर्मचारीहरूलाई थप हौसला प्रदान गर्नुका साथै संस्थाप्रति लगाव र समर्पणलाई अझ बलियो बनाएको छ।

त्यस्तै, विभिन्न स्थानहरूमा अभिभावक भेला तथा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरियो। यी कार्यक्रमहरूले ग्राहकहरूलाई वित्तीय व्यवस्थापन, बचत, ऋणको सदुपयोग तथा लघुवित्तीय सेवाहरूको प्रभावकारी प्रयोगका बारेमा जानकारी दिने उद्देश्य राखेका थिए। वित्तीय शिक्षाको अभावका कारण धेरै व्यक्ति तथा परिवारहरूले वित्तीय अस्थिरताको सामना गर्नुपरेको परिप्रेक्ष्यमा संस्थाले प्रदान गरेको वित्तीय साक्षरता कार्यक्रम समाजका लागि महत्वपूर्ण भएको छ।

संस्थाको निरन्तर प्रगति र भावी योजनाहरू
१४ वर्षे सफल यात्राको क्रममा सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लि. ले देशभर आफ्ना शाखा कार्यालयहरू विस्तार गर्दै लाखौं ग्राहकलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ। ग्रामीण तथा शहरी क्षेत्रमा वित्तीय पहुँच वृद्धि गर्दै साना तथा मझौला उद्यमीहरूलाई सशक्त पार्ने लक्ष्य सहित काम गरिरहेको संस्थाले आगामी दिनहरूमा अझ आधुनिक, नवप्रवर्तनयुक्त तथा प्रविधिमैत्री वित्तीय सेवाहरू प्रदान गर्ने लक्ष्य राखेको छ। संस्थाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, उद्यमशीलता विकास, महिला सशक्तीकरण तथा वित्तीय समावेशिता प्रवर्द्धन गर्दै आइरहेको छ। संस्थाले आफ्ना ग्राहक, कर्मचारी तथा समुदायसँगको सहकार्यलाई अझ सशक्त बनाउँदै, आगामी दिनहरूमा वित्तीय सेवाको नयाँ आयाम स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।