सूर्योदय वोमी लघुवित्त टक्सार शाखाले झोल साबुन बनाउने तालिम सम्पन्न ।

लमजुङ, सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लि.शाखा कार्यालय टक्सार लमजुङले बित्तीय साक्षरता तथा १ दिने व्यबसायिक झोल साबुन बनाउने तालिम गण्डकी प्रदेश तनँहु जिल्ला ब्यास नगरपालिका वडा नं ७ कलेस्तीमा सम्पन्न गरेको छ ।
राष्ट्रिय स्तर कार्य क्षेत्र भएको सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लि.शाखा कार्यालय टक्सारले समुहमा आबद्द महिला सदस्यहरुको लागी व्यबसायिक झोल साबुन बनाउने तालिम दिएको छ ।उक्त सस्थाले आफ्नो कार्यक्षेत्रमा पर्ने समुहका सदस्यहरु उद्दमी बनाउने उधेश्यले एक दिने तालिम दिएको हो ।

सस्थाका शाखा प्रमुख निरु सुनारका अनुसार गण्डकी प्रदेश तनँहु जिल्ला ब्यास नगरपालिका वडा नं ७ कलेस्तीमा सिमलटार नरङा टोल बिकास सस्थाको भवनमा ६६ जनाको उपस्थिती रहेको थियो । सस्थामा आबद्द सदस्यहरुलाई महिला उद्दमी बनाएर आयआर्जन गर्नका लागी तालिम आयोजना गरिएको शाखा प्रमुख निरु सुनार जानकारी गर्नुभएको छ । तालिमको कार्यक्रम सन्चालन शाखा कार्यालय टक्सारकी शाखा प्रमुख निरु सुनारले गर्नु भएको थियो भने केन्द्र नं ४९ की सदस्य मिना कुमारी गुरुङको अध्यक्षतामा र ब्यास नगरपालिका वडा नं ७ वडा अध्यक्ष श्री कृष्ण प्रसाद न्यौपानेको प्रमुख आतिथ्यतामा साथै प्रहरी कार्यालय कलेस्तीमा प्रमुख प्रबनानी माउसेतुङ गुरुङ,चन्द्र बहादूर बुढामगर,सिमलटार नरङा टोल बिकास सस्थाका कोषाध्यक्ष टेक बहादुर दरै,सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लि.अनुगमन स्टेशन लामाचौरका अनुगमन अधिकृत मेख बहादुर आले र सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लि.शाखा कार्यालय करापुटारका शाखा प्रमुख देबेन्द्र लम्सालको आतिथ्यतामा भएको हो

ब्यास नगरपालिका वडा नं ७ वडा अध्यक्ष श्री कृष्ण प्रसाद न्यौपानेले कार्यक्रमको उद्घाटन गर्नु भएको हो भने स्वागत मन्तब्य सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लि.शाखा कार्यालय करापुटारका शाखा प्रमुख देबेन्द्र लम्सालले गर्नु भएको र शुभकामना मन्तब्य तथा वित्तीय साक्षरता लगायत सस्थाको बारेमा जानकारीसूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लि.अनुगमन स्टेशन लामाचौरका अनुगमन अधिकृत मेख बहादुर आलेले दिनुभयो साथै शुभकामना मन्तब्य प्रहरी कार्यालय कलेस्तीका प्रमुख प्रबनानी माउसेतुङ गुरुङ तथा प्रमुख आतिथी ब्यास नगरपालिका वडा नं ७ वडा अध्यक्ष श्री कृष्ण प्रसाद न्यौपानेले गर्नुभएको थियो साथै तालिमको प्रशिक्षण शाखा कार्यालय टक्सारकी शाखा प्रमुख निरु सुनारले गर्नुभएको हो ।

तालिममा सहभागी सदस्य सरिता कुमालले बोल्दै आजसम्म धेरै तालिम लिइयो र प्रभाबकारी बनाउन सकिएको छैन र यो तालिम यति सरल र सहजताले लिइयो र यो तालिम बाट सिकेका सबै लागु गरौ भन्दै आय आर्जन गर्नका लागी टेवा पुग्ने र सस्थाले अझ बढी यस्ता तालिमहरु आयोजना गरेको खण्डमा सत प्रतिशत सदस्यहरुको आर्थिक स्तर माथी उठ्ने बताउनु भयो र अमृता सुनारले ले बोल्दै सुरुमा सदस्यको कम उपस्थिती निरास रहेको र पछी सबै जना आइ सकेपछि आफु असाध्यै खुसी रहेको र यो अरुको लागी भन्दा मेरो लागी हो भनेर सिकेको कुरा ब्यबहार पनि उतार्न सल्लाह दिदै आय आर्जन गर्नका लागी सहयोग पुग्ने र सस्थाले आफ्ना ठाउमा आई तालिम आयोजना गरेकोमा धन्यवाद ब्यक्त पनि गर्नु भयो र सिकेका कुराहरु आफ्नो जिवन लागी गर्नुहुन र आगामी दिनमा पनि यस्तै तालिमहरु आयोजनाको अपेक्षा गदै ब्यस्तताका बाबजुत आइदिनु भएको सबैलाइ धन्यवाद दिदै तालिमकी सभाध्क्ष मिना कुमारी गुरुङले कार्यक्रमको समापन गर्नुभयो ।

Spread the love by sharing this post